इङ्ग्ल्याण्डलाई हराउँदै भारतले पाँचौं पटक जित्यो यू १९ विश्वकपको उपाधि

क्रिकेट

काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा निशान्त सिन्धु ५० रनमा अविजित रहे । शेख राशिद ५० रनमा आउट भए । राज बावाले ३५ रन जोड्दा हार्नोर सिंहले २१ रन जोडे । कप्तान यास धूलले १७ र दिनेश बानाले अविजित १३ रन बनाए । इंग्ल्यान्डका जोशुआ बोयडेन, थोमस एस्पिनवाल र जेम्स सेल्सले २(२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।

इंग्ल्यान्डका जेम्स रेव ९५ रनमा आउट भए । जेम्स सेल्स ३४ रनमा अविजित रहे । यस्तै, जेम्स सेल्सले अविजित ३४ तथा जर्ज थोमसले २७ रन जोडे । अन्यको प्रदर्शन सम्झन लायक रहेन । भारतका तीव्र गतिका बलर राज बावाले ५ तथा राज कुमारले ४ विकेट लिए ।

भारतले यो सहित पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले सन् २००० मा मोहम्मद कैफ, २००८ मा विराट कोहली, २०१२ मा उनमुक्त चन्द र २०१८ पृथ्वी शा को कप्तानीमा यू–१९ विश्वकप उपाधि जितेको थियो । यस्तै, भारत २००६, २०१६ र २०२० मा उपविजेता बनेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0