इन्डोनेसियाको लिग वान चलेन रोहितको जादु, पर्सिजा बराबरीमा रोकियो

फुटबल

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता बराबरीमा रोकिएको छ । शनिबार रातिको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १–१ को बराबरीमा रोकिएको हो ।

पर्सिजाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए ।

दोस्रा हाफको ५७ औं मिनेटमा कार्लोस फोर्टेसले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् । एरिमाविरुद्ध रोहित पुरै समय मैदान थिए । यो बराबरीसँगै पर्सिजाले २३ खेलमा ३३ अंक बनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0