मेस्सीको उत्कृष्ट प्रदर्शनमा पीएसजीको शानदार जित

फुटबल

काठमाडौं । एक गोलमा असिस्ट तथा व्यक्तिगत एक गोल गरेका मेस्सी चम्किँदा फ्रेन्च लिग वानमा पीएसजीले लिलमाथि ५-१ को शानदार जित निकालेको छ।जितसँगै पीएसजीले शीर्ष स्थानमा १३ अंकको स्पष्ट अग्रता लिएको छ ।

भ्रमणकारी पीएसजीले ड्यानिलो पेरेइराको गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो । २८औँ मिनेटमा लिलका स्भेन बोटम्यानले बराबरी गोल फर्काए । ३२औँ मिनेटमा मेसीको पासमा प्रेसनेल किमपेम्बेले गरेको गोलबाट पीएसजीले पुनः अग्रता लियो । ३८औँ मिनेटमा मेसी आफैँले गोल गरे ।

३४ वर्षीय मेसीको फ्रेन्च लिग वानमा यो दोस्रो गोल हो । बार्सिलोनाका पूर्वस्ट्राइकर मेसीले लिगमा १३ खेल खेलिसकेका छन् । यसअघि उनले नोभेम्बरमा नान्टेसविरुद्ध गोल गरेका थिए । उनले पीएसजीबाट च्याम्पियन्स लिगका पाँच खेलमा पाँच गोल गरेका छन् । ५१औँ मिनेटमा पेरेइराले अर्को गोल थपे । ६७औँ मिनेटमा काइलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले सहज जित निकालेको हो ।

जितपछि पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । त्यो दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले माथि हो । मार्सेले समान खेलबाट ४३ अंक जोडेको छ । पराजित लिल भने ३२ अंकका साथ ११औँ स्थानमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0