इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका नेसन्स कप

फुटबल

एजेन्सी । अफ्रिका कप अफ नेशन्स उपाधि सेनेगलले जितेको छ । गएराति भएको खेलमा इजिप्टलाई ट्रइबे्रकरमा ४–२ गोल अन्तरले पराजत उपाधि पहिलोपटक च्याम्पियन बनेको हो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्रइबेकरमा गएको थियो । खेलको छौटौं मिनेटमा सेनेगलले पेनाल्टी पाएको थियो । तर, उक्त पेनाल्टीमा साडियो माने चुके ।

टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे । इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुँदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।

सन् २००२ मा अफ्रिकाको नयाँ शक्तिको रुपमा उदाएको सेनेगलले सोही वर्ष विश्वकपको क्वाटरफाइनलमा तथा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुग्दै सनसनी मच्चाएको थियो । अघिल्लो संस्करणमा अल्जेरियासँग पराजित हुँदै च्याम्पियन बन्नबाट वञ्चित बनेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0