१० खेलाडीमा सीमित भएपनि बार्सिलाेनाकाे शानदार जित

फुटबल

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले एटलेटिको म्याड्रिडमाथि शानदार जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी, रोनाल्ड अराउजो र डानी आल्भेजले एक एक गोल गरेका थिए । त्यसैगरी एटलेटिको म्याड्रिडका लागि यानिक कारस्को र लुइस स्वरेजले एक एक गोल गरेका थिए ।

यस खेलमा बार्सिलोनाका डानी आल्भेजले खेलको ६९औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

योजितपछि बार्सिलोना ला लिगामा चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २२ खेलमा ३८ अंक भएको छ । त्यस्तै एटलेटिको म्याड्रिड भने २२ खेलमा ३६ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1