असेन्सियोको गोलमा ग्रानडामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

फुटबल

एजेन्सी । स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिगले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा रियलले ग्रानडामाथि १-० गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउनको लागि मिडफिल्ड मार्का एसेन्सियोको गोल नै निर्णायक गोल बन्यो । उनले ७४औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै रियलले शीर्षस्थानमा स्पष्ट ६ अंकको अग्रता लिएको छ । रियलको २३ खेलबाट ५३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ४७ अंक छ । पराजित ग्रानडा २४ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0