रोनाल्डोले बनाए अर्को किर्तिमान, इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पुग्ने विश्वकै पहिलो

फुटबल

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पुगेको हो । यसअघि इन्स्टाग्राममा कुनै पनि व्यक्तिको फलोअर्स ४०० मिलियन पुगेको थिएन ।

३७ वर्षीय रोनाल्डोले इन्स्टाग्राममा ५०० लाई फलो गरेका छन् । यस अघि रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्विटरमा गरि ५०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0