कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले सुरू गरे अभियान, दिए ३ लाख

क्रिकेट

काठमाडौं, जेठ ३ : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले काेराेना संक्रमण रोकथाम, नियन्त्रण एवम् संक्रमितकाे उपचारका निम्ति अभियान सुरु गरेका छन्। सन्दीपले सोमबार ‘टिम सन्दीप’को नामबाट अभियान सुरु गर्दै सेन्चुरी कमर्सियल बैंकमा खाता खोलेर नगद ३ लाख रुपैयाँ जम्मा गरेका हुन्।

सन्दीपले ‘टिम सन्दिप लामिछाने’ अभियानबाट आर्थिक संकलन गर्नेछन् । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने संख्या तीव्र गतिमा बढेको र देशले भयावह स्थितिको सामना गर्नुपरेकाले अभियान सुरु गरेको उनले बताए।

उनले संकलित रकमको परादर्शी हुने बताएका छन्। संकलित रकम स्थनीय सरकारसँग समन्वय गर्दै प्राथमिकताका आधारमा सहयोग गर्ने पनि जनाएका छन्। सहयोग गर्न चाहानेले सन्दीप लामिछानेको नाममा रहेको सेन्चुरी बैंकको खातामा रकम जम्मा गर्ने सक्नेछन्। सन्दीपले गत वर्षपनि कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *