विश्वकप छनोट खेल्न आज ओमान जाँदै नेपाली क्रिकेट टोली, हेर्नुस यस्तो छ नेपालको खेल तालिका

क्रिकेट

काठमाडौं : आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्दैछ। विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

ग्लोबल छनोटमा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। छनोटका खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ। छनोट चरणको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्। समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।नेपालले छनोट चरणको पहिलो खेल ओमानविरुद्ध खेल्दै छ।

नेपालको खेल

नेपाल भर्सेस ओमान – ओमान एकेडेमी १- फागुन ६
नेपाल भर्सेस फिलिपिन्स – ओमान एकेडेमी २- फागुन ७
नेपाल भर्सेस क्यानडा – ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ – फागुन १०
फाइनल – ओमान एकेडेमी १ – फागुन १२

नेपाली टिम : सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0