स्पेनिस ला लिगामा बिल्बाओलेको प्रतिस्पर्धात्मक जित

फुटबल

काठमाडौँ । एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिलहेनाको सुरुवाती गोल सान्त्वना बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमै स्पान्योलका टोनीले जाभी पुआडोको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । तर स्पान्योलको अग्रता दुई मिनेट पनि टिकेन । पाँचौं मिनेटमा सानसेटले राउल गार्सियाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

१६औं मिनेटमा मार्टिनेजल डानी भिभिएनको पासमा गोल गर्दै पहिलो हाफमा बिल्बाओको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा बिल्बाओ विजयी भयो । ५६ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले दोस्रो हाफमा गोल गर्ने राम्रा अवसर गुमाएको थियो । बिल्बाओका ओएर जारागा ‘म्यान अफ द म्याच’ भए ।

जितसँगै बिल्बाओ आठौं स्थानमा छ । बिल्बाओले २३ खेलबाट ३४ अंक बनाएको छ । पराजित स्पान्योल २७ अंक सहित १३औं स्थानमा छ । तालिकाको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको ५३ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४७, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० र चौथो स्थानमा रहेको बार्सिलोनाको ३८ अंक छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0