अन्तत बोले एमबाप्पे : ‘रियल मड्रिड जाने कुनै निर्णय गरेको छैन’

फुटबल

एजेन्सी : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलियन एमबाप्पेले स्पेनिस क्लब रियल मड्रिड जाने कुरामा आफू सहमत भएको भन्ने हल्ला गलत रहेको बताएका छन् । आइतबार लिग वान अन्तर्गत लिलेमाथि ५-१ को सहज जित निकालेपछि एम्बाप्पेले आफ्नो भविष्यबारे बताएका हुन् ।

एमबाप्पे र पिएसजीबीचको सम्झौता यो सिजनको अन्त्यसँगै समाप्त हुनेछ । क्लबले एम्बाप्पेलाई सम्झौता नवीकरणका लागि दबाब दिइरहेको छ । स्पेनिस क्लबले पनि पछिल्लो सिजनदेखि नै २३ वर्षीय फ्रेन्च फरवार्डलाई भित्र्याउन प्रयास गरिरहेको छ ।

‘मैले अहिलेसम्म मड्रिड जानेबारे कुनै निर्णय गरेको छैन । हामी च्याम्पियन्स लिगमा मड्रिडविरुद्ध नै खेल्दैछौँ । केही फरक देखाउन म मड्रिडविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछु,’ एम्बाप्पेले भने। पिएसजीले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा रियलको सामना गर्दैछ ।

केही दिन अघि विभिन्न सञ्चारमाध्यमले एमबाप्पे स्पेन जान तयार रहेको भन्ने समाचार प्रकाशित गरेका थिए । एमबाप्पे सन् २०१७ मा अर्को फ्रेन्च क्लब मोनाकोबाट पिएसजी आएका हुन् । गएराति भएको खेलमा टोलीलाई जित दिलाउन उनले १ गोल गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0