इन्स्टाग्राममा पनि रोनाल्डो नम्बर एक, मेस्सी धरै पछि

फुटबल

काठमाडौं । स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् ।

सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा सधै चर्को प्रतिस्पर्धा हुने चिर प्रतिद्वन्द्वी मेस्सीको इन्स्टग्राममा ३०६ मिलियन फलोअर्स छन् ।

यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड भित्रिएका रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले पोर्चुगलबाट ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोले सन् २००२-०३ को सिजनदेखि स्पोर्टिङ लिस्बनबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । त्यस्तै सन् २००३ देखि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलिरहेका रोनाल्डोले हालसम्म १८४ अन्तर्राष्ट्रिय खेल खेलका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0