घुँडाको उपचारपछि सावित्रा कतारबाट फर्किन् नेपाली गोल मेसिन साम्बा

फुटबल

काठमाडौं । नेपाली महिला फुटबलर साबित्रा भण्डारी मंगलबार उपचारपछि कतारबाट फर्केकी छन्। उपचारका लागि कतारको दोहा पुगेकी साबित्रा अर्थात् ‘साम्भा’ मंगलबार फर्केकी हुन्।

नेपाली महिला फुटबल टोलीमा उनी स्ट्राइकरका रुपमा भूमिका निर्वाह गरिरहेकी छन्। सशस्त्र प्रहरी बल क्लबमा समेत रहेकी साम्भाले ८ वर्षको अन्तर्राष्ट्रिय फुटबलको यात्रामा अहिलेसम्म नेपाली टिमका लागि ३८ गोल गरिसकेकी छन्।

नेपाली महिला फुटबलको गोल मेसिनको रुपमा चिनिने सावित्रा गत असारमा उपचारका लागि कतार गएकी थिइन् । असार ३० गते कतारको दोहास्थित एस्पेटर स्पोर्ट्स मेडिसिन एन्ड अर्थोपेडिक हस्पिटलमा सावित्राको घुँडाको शल्यक्रिया गरिएको थियो ।

गत वर्ष भएको महिला राष्ट्रिय लिगअन्तर्गत एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब विरुद्धको खेलमा सावित्राको घुँडामा चोट लागेको थियो । दोस्रो हाफमा बल प्रहार गर्ने क्रममा ल्याण्डिङमा सन्तुलन नहुँदा उनको घुँडामा चोट लागेको थियो ।

त्यसपछि एमआरआई रिपोर्टमा घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको र मिडियल मिनिस्कस (घुँडाको बाहिरी भागको लिगामेन्ट) पनि हल्का च्यातिएको देखिएको थियो । यस्तै मिडियल कोल्याटेरल लिगामेन्ट (एमसीएल) पनि तन्किएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1