जोकोविचलाई हराउँदै नाडालले १० औं पटक जिते इटालियन ओपन

टेनिस

काठमाडौं । नोभाक जोकोविचलाई हराउँदै राफेल नाडालले १० औं पटक इटालियन ओपनको उपाधि जितेका छन् । इटलीको रोममा सम्पन्न खेलमा विश्व नम्बर १ जोकोविचलाई ७–५, १–६ र ६–३ ले हराउँदै नाडालले उपाधि उचालेका हुन्।

पहिलो सेट ७–५ ले जितेका दोस्रो वरियाताका नाडालले दोस्रो सेट भने १–६ ले सर्वियन जोकोभिचलाई सुम्पिएका थिए । निर्णायक सेट ६–३ ले आफ्नो पक्षमा पार्दै नाडालले १० औं पटक इटालियन ओपनको उपाधिमाथि कब्जा जमाएका हुन् ।

अब नाडालले यदि फ्रेन्च ओपन पनि जित्ने हो भने उनी उनी स्वीजरल्याण्डका रोजर फेडररलाई पछि पार्दै सबैभन्दा धेरै पटक ग्राण्डस्लाम जित्ने पुरुष खेलाडी बन्नेछन्। फ्रेन्च ओपन मे अन्तिम साताबाट सुरु हुने।

अहिले नाडाल र फेडररले समान २०/२० पटक ग्राण्डस्लाम जितेका छन्। त्यस्तै उनीहरुलाई पछ्याउँदै जोकोविचले १८ पटक जितेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *