इन्टामा ४०० मिलियन फलोवर भएका रोनाल्डो टिमले पुछारको कमजोर टिमलाई समेत जित्न सकेन

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पुछारको बर्नलेसँग बराबरीमा रोकिएको छ । युनाइटेडले बर्नलेसँग १–१ को बराबरी खेलेको हो । यो बराबरीसँगै युनाइटेडले शीर्ष चारमा उक्लने मौका गुमाएको छ ।

खेलमा सुरुवाती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमाएको हो । खेलको १८ औं मिनेटमा युनाइटेडका लागि पाउलो पोग्वाले गोल गरेका थिए । तर घरेलु टोलीका जय रोड्रिगुयजले खेलको ४७ औं मिनेट बराबरी गोल गरी खेल बराबरीमा ल्याएका हुन् ।

यो बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ । बर्नले भने २० खेलबाट १४ अंकसहित पुछारमा रहेको छ । यसैगरी बुधबार राति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३–१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १–० ले पराजित गर्दै शीर्ष चारमा उक्लिएका छन् । लिगमा २३ खेलबाट ५७ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0