रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सी क्लब विश्वकपको फाइनलमा

फुटबल

काठमाडौं । रोमेलु लुकाकुको एक मात्र गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउदी अरेबियाको अल हिलाललाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

चेल्सीको जितमा लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् २०१२ मा पनि फाइनल पुगेको चेल्सी ब्राजिलकै कोरिन्थिएन्ससँग पराजित भएर उपविजेतामा सीमित भएको थियो ।

पाल्मिरिसले पहिलो सेमिफाइनलमा इजिप्टको अल अहलीलाई २-० ले हराएर फाइनलमा पुगिसकेको छ । युएईमा भइरहेको क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0