नेपाल, आयरल्याड, ओमन र यूएइबीचको खेल नेपाली टिभीमै लाईभ हेर्न पाईने

क्रिकेट

काठमाडौँ । नेपाल, आयरल्याड, ओमन र यूएइबीच यहि फेब्रूअरी ११ देखि १४ सम्म ओमानमा हुन गइरहेको चार देशीय टी-२० सिरीजको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले खरिद गरेको छ । एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आईटिडब्लु नामक कम्पनीसँग नेपालको लागि प्रसारण अधिकार खरिद गरेको हो ।

सो प्रतियोगितामा चारै टिमले एक अर्कासँग एक-एक खेल खेल्नेछन् । टी-२० ग्लोबल क्वालिफायरसमा पनि यी ४ टोली प्रबल दाबेदार भएको हुँदा सो र्पतियोगिता चारै देशका लागि महत्वपूर्ण रहेको छ ।

यस प्रतियोगीताको खेलहरु फेब्रुअरी ११ मा आयरल्याण्ड भर्सेस युएई (११:४५ बजे) तथा ओमान भर्सेस नेपाल (३:४५ बजे ) बीच हुने छ । त्यस्तै फेब्रुअरी १२ मा नेपाल भर्सेस युएई (११:४५ बजे) तथा ओमान भर्सेस आयरल्याण्ड (३:४५ बजे) हुने छ भने फेब्रुअरी १४ मा ओमान भर्सेस युएई (११:४५) तथा नेपाल भर्सेस आयरल्याण्ड (३:४५ बजे ) हुने छन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपालमा हिमालय एचडि टेलिभिजन , युट्युवमा ओएसआर स्पोर्टसले र दराज एपमार्फत हुनेछ ।

एडप्याड नेपालको सर्वाधिक ठुलो कन्टेन्टनिर्माण र खरिद कम्पनी हो । एडप्याडले यस अधि नेपाल क्रिकेट टिम जर्सी प्रायोजन, नेपाल भारत मैत्रीपूर्ण फुटवल प्रतियोगिता खेल, क्रिकेटको त्रिकोणात्मक टी-२० सिरिज, इपिएल, भ्वाइस अफ नेपाल किड्स्, सक्कीगोनी, क्राइम फाइल्स, जस्ता थुप्रै खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम तथा सामग्रीहरु निर्माण र व्यवस्थापन गर्दै आएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0