माहारेज र केभिन डेको गोलमा ब्रेन्टफोर्डविरुद्ध म्यानचेस्टर सिटीको सहज जित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–० ले हराएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन रियाद माहारेज र केभिन डे ब्रायनले एक एक गोल गरे ।

जितसँगै सिटीले तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १२ अंकको अग्रता लिएको छ । लिगमा २४ खेलबाट सिटीको ६० अंक छ भने २२ खेलबाट लिभरपुलको ४८ अंक छ ।

बुधबार राति नै भएको अर्को खेलमा साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई ३–२ ले हरायो । खेलमा दुई पटक पछि परेर पनि साउथह्याम्पटनलाई विजयी गराउन चे एडम्सले ८२ औं मिनेटमा निर्णायक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले ३–३ गालको बराबरी खेल्दा नरिच सिटीले क्रिष्टल प्यालेससँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0