भलिबलको नेपाल सुपर लिग यो वर्ष नहुने, यस्तो छ कारण

भलिबल

काठमाडौं । भलिबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) भलिबल यस वर्ष नहुने भएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड ईभेन्ट कम्पनीले आयोजना गर्ने भनिएको एसएसएल भलिबल यस वर्ष नहुने भएको हो ।

नेपाल भलिबल संघले फ्रेन्चाईज भलिबल सञ्चालन गर्न नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग १० वर्षको सम्झौता गरेको थियो । आयोजक कम्पनीले नेपाल भलिबल संघलाई नाफाको ३० प्रतिशत दिने र संघको एक वार्षिक कार्यक्रममा ३० लाख रुपैयाँको प्रायोजन गरिदिने गरि सम्झौता भएको थियो ।

सम्झौता अनुसार संघले गत असोजमा चौधरी गु्रपको प्रायोजनमा एनभीए क्लब च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिसकेको छ । तर फ्रेन्चाईज प्रतियोगिता आयोजनाको जिम्मेवारी लिएको कम्पनी भने यस वर्ष प्रतियोगिता सञ्चालन गर्ने तालिकाबाट पछि हटेको हो ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले चैतको २६ गतेदेखि जेठ ७ गतेसम्म फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको दोस्रो संस्करण आयोजना गर्दैछ । गत पुसमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन लगत्तै फ्रेन्चाईज प्रतियोगिता संञ्चालन गरिने आयोजकले बताएको थियो ।

एभीसी लगत्तै कोभिडको तेस्रो लहर र फुटबल विन्डोका कारण आयोजक एनएसएल फुटबलको तयारीमा जुटेको छ । आयोजक कम्पनीले नेपाल भलिबल संघलाई जानकारी गराए अनुसार भलिबलको फ्रेन्चाईज सन् २०२२ को सेप्टेम्बरपछि मात्र सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0