क्रिस्टियानो रोनाल्डो र जिदान पीएसजी जाने चर्चा

फुटबल

एजेन्स । जिनेदेन जिदान अर्को सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने सम्भाना रहेको छ । अहिलेका मुख्य प्रशिक्षक माउरोसियो पोचेटिनोले अर्को सिजन पीएसजी छाड्ने र उनको ठाउँमा जिदान जाने सम्भना रहेको मार्कालो जनाएको छ ।

जिदान पीएसजी गए क्रिस्टियानो रोनाल्डोलाई पनि पीएसजीमा आवद्ध गराउने सम्भावना रहेको बताइएको छ । जिदान फेरि रोनाल्डोलाई आफ्नो टिमबाट खेलाउन चाहन्छन् । मार्काका अनुसार जिदान पीएसजी गए उनको पहिलो अनुरोध रोनाल्डोलाई क्लबमा आवद्ध गराउनु हुनेछ ।

जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडम हुँदा उनीहरुबीच राम्रो सम्बन्ध थियो । उनीहरुकोल रियलमा रहँदा लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । युभेन्ट्स छाडेर रोनाल्डो सिजनको सुरुवातमा म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
2
+1
0
+1
0
+1
0