गत हप्ता मरिससलाई हराएको नेपाललाई फाईदा, फिफा वरीयतामा दुई स्थान माथि उक्लियो

फुटबल

काठमाडौं । फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ। बिहीबार सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १६७औं स्थानमा पुगेको छ। यसअघि नेपाल १६९औं स्थानमा थियो।

१५ र १८ माघमा काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा मरिससलाई पराजित गरेपछि नेपालेको वरीयतामा सुधार आएको हो। पहिलो खेल विमल घर्ती मगर र दोस्रो खेल सुजल श्रेष्ठको गोल मद्दतले नेपालले आफ्नो पक्षमा पारेको थियो।

दक्षिण एसियाली देशहरूमा भारत १०४औं, माल्दिभ्स १५७औं, भुटान १८५औं, बांगलादेश १८६औं, पाकिस्तान १९७औं र श्रीलंका २०४औं स्थानमा छ।

फिफा वरीयताको पहिलो स्थानमा बेल्जियम, दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना, पाँचौंमा इङ्ग्ल्याण्ड, छैटौंमा इटली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा डेनमार्क र दशौंमा नेदरल्यान्डस् छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0