विश्वकप छनोट र इराकसँग खेल्न नेपाली फूटबल टोली घोषणा

फुटबल

काठमाडौं, जेठ ४ : अखिल नेपाल फूटबल संघ (एन्फा)ले फिफा विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार टिमको टुंगो लगाएको एन्फाले जनाएको छ।

प्रशिक्षक अलमुताइरीले राष्ट्रिय टोलीमा ठुलो फेरबदल गरेका छन् । उनले घोषणा गरेको २३ खेलाडीमा राष्ट्रिय टोलीका नियमित सदस्य भरत खवास, रन्जित धिमाल, रवि पासवान, अमित तामाङ, सेसेहाङ आङदेम्बे जस्ता खेलाडी अटाउन सकेनन् ।

सुरज जिउ ठकुरी, मनिष डाँगी, आयुष घलान, कमल थापा, विशाल सुनार र गौतम श्रेष्ठले भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । युवा खेलाडीलाई रोजेका मुख्य प्रशिक्षक अल्मुइतरीले गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र विशाल सुनारलाई रोजेका छन्।

नेपालले आगामी जेठ १५ मा सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल इराकको बश्रा रंगशालामा हुनेछ। नेपालले आगामी जेठ १५ मा सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल इराकको बश्रा रंगशालामा हुनेछ।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *