नेपाली गोल मेसिन ‘साम्बा’ भन्छिन् : ‘चाँडै मैदान फर्किएर देशको लागि गोल गर्नेछु’

फुटबल

काठमाडौं । कतारमा घुँडाको शल्यक्रिया गरेर फिजियो थेरापीपछि नेपाल फर्किएकी नेपाली महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी अर्थात साम्बाले उपचारपछि सहज महसुस गरेको बताएकी छन् ।

‘६ महिना भन्दा लामो समय कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा शल्यक्रिया, फिजियो थेरापी र ग्राउन्ड रिहाबपछि मेरो उपचार अन्तिम चरणमा आइपुगेको छ । उपचारपछि मैले केही सहज महसुस गरेको छु’ सावित्राले लेखेकी छिन् ।

यस्तै सावित्राले चाँडै ठीक भएर मैदान फर्कँदै फुटबल प्रेमीलाई खुशी बनाउन कोशिस गर्ने पनि जनाएकी छिन् । गत वर्ष भएको महिला राष्ट्रिय लिगमा नेपाल पुलिस विरुद्ध खेल्ने क्रममा एपीएफ क्लबकी सावित्राको घुँडामा चोट लागेको थियो ।

सावित्राले के लेखिन् फेसबुकमा ?

धन्यवाद –

खेल जीवनमा पछिल्लो झण्डै एक वर्ष मेरा लागि सबैभन्दा पीडादायक रह्यो । गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिन भन्ने चिन्ताले धेरै सताएको थियो । त्यस्तो अवस्थाबाट अखिल नेपाल फुटबल संघको पहल र कतार फुटबल संघको सहयोगमा मेरो उपचार सम्भव भएको छ ।

६ महिना भन्दा लामो समय कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा शल्यक्रिया, फिजियो थेरापी र ग्राउन्ड रिहाबपछि मेरो उपचार अन्तिम चरणमा आइपुगेको छ । उपचारपछि मैले केही सहज महसुस गरेको छु । मेरो उपचारमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने एन्फा परिवार, सशस्त्र प्रहरी बल, एपिएफ क्लब, कतार फुटबल संघ, डाक्टर, नर्स, फिजियोथेरापिष्टलगायत अन्य कर्मचारी, प्रति विशेष आभार व्यक्त गर्दछु ।

साथै कमजोर मनोबल हुँदा सधैं मेरो हौसला बढाउने सञ्चारमाध्यम, फुटबल परिवार, फुटबलप्रेमी, शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु । आशा छ पूर्ण रुपमा ठीक भएर चाँडै मैदान फर्किएर फुटबल प्रेमीहरुलाई खुसी बनाउन कोशिस गर्नेछु । 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0