फिफा बरियतामा २ स्थान माथि उक्लिदा कोच अलमुताईरी भए नेपाली भन्दा धेरै खुसि

फुटबल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरीयताक्रममा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरीयताक्रमअनुसार नेपाल दुई स्थान सुधार गरेको हो । यसअघि १ सय ६९ स्थानमा रहेको नेपाली फुटबल टीमले दुई स्थान सुधार गर्दै ९ सय ८२ दशमलब २२ अंकसहित १ सय ६७औं स्थानमा उक्लेको हो ।

दुई साताअघि नेपालमा भएको मरिससविरुद्धको मैत्रीपूर्ण दुवै खेलमा जित निकालेपछि नेपालको वरीयतामा सुधार भएको हो । नेपालले ११ वर्षपछि दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमा जित निकालेको हो । यसअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामै मैत्रीपूर्ण खेल खेलेपछि त्यसमा जित निकाल्न सकेको थिएन ।

फिफाको नयाँ वरीयताको स्क्रिनसट लिएर नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खुसी व्यक्त गरेका छन् । उनले नेपाली फुटबल समर्थक र आफ्ना शुभचिन्तकमाझ खुसी साटेका छन् ।

वरीयतामा बेल्जियम पहिलो, ब्राजिल दोस्रो, फ्रान्स तेस्रो हुँदा अर्जेन्टिना एक स्थान सुधार गदै चौथो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेर इंग्ल्याण्ड भने पाचौं स्थानमा छ । इटली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्याण्ड्स क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
2
+1
15
+1
0
+1
4
+1
1