चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने, कसले जित्ला खेल ?

क्रिकेट

काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ ।

नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो । उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो ।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

नेपाली टिम : सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0