नेपाल भर्सेज ओमान ! कति बजे देखि, कसरी हेर्ने घर बसिबसी लाईभ ? सम्पुर्ण जानकारी

क्रिकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजेबाट अल अमरेत स्टेडियममा सुरू हुनेछ।यो खेलको नेपालमा हिमालय एचडी टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ । त्यस्तै युट्युवमा ओएसआर स्पोर्टस र दराज एप मार्फत हुनेछ ।

नेपाल, आयरल्यान्ड, ओमन र युनाइटेड अरब इमिरेट्स (यूएई) आज शुक्रबारबाट खेल्ने चारदेशीय शृंखलाको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले खरिद गरेको थियो । एडप्याडले ग्लोबल अधिकार आईटीडब्लु नामक कम्पनीसँग नेपालको लागी प्रसारण अधिकार खरिद गरेको हो । सो प्रतियोगितामा चारै टिमले एक अर्कासँग एक एक खेल्ने खेल्नेछन् ।

नयाँ कप्तान सन्दीप लामिछानेले यसै खेलबाट कप्तानीमा डेब्यू गर्दैछन् । उनी टी-२० अन्तर्राष्ट्रियमा कप्तानी गर्ने विश्वकै आठौं कान्छा कप्तान हुने छन् । सन्दीपले कप्तानीमा डेब्यू गर्दा २१ वर्ष १९३ दिनको हुनेछन् । यस्तै अधिकांश युवा खेलाडी रहेको नेपाली टिममा लोकेश बम, विवेक यादव र सागर ढकाल नयाँ अनुहारका रुपमा छन् । यी तीन खेलाडी डेब्युको पर्खाइमा छन् ।

नेपाली टिम : सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0