पिएसजीकाे कठिन जितमा एम्बाप्पेकाे गाेल

फुटबल

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत आज बिहान सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेनेसमाथि १-० काे कठिन जित हात पारेकाे छ ।

घरेलु मैदानमा थप गरिएकाे समयमा केलियन एमबाप्पेले गरेकाे एक मात्र गाेल पिएसजीलाई जित दिलाउन पर्याप्त बन्याे । उनले लियाेनल मेस्सीकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए ।

याे जितसँगै पिएसजी २४ खेलमा ५९ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा पराजित रेनेस २७ अंकका साथ पाँचौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0