आज र भोलि आइपिएलको अक्सन, बिक्लान् त सन्दिप लामिछाने?

आईपिएल क्रिकेट

काठमाडौं । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मेगा अक्सन हुँदैछ। सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्।

विश्वभरबाट १ हजार २ सय १४ खेलाडीले आइपीएलमा खेल्नका लागि आवेदन दिएका थिए। सुरुवाती समीक्षापछि यसमध्ये ५९० खेलाडी अन्तिम नामावलीमा सहभागी हुनेछन्। जसमा ३७० जना भारतीय क्रिकेटर र २२० जना विदेशी खेलाडी रहने छन्।

यस सीजनको लिलामीमा अफगानिस्तानका १७, अस्ट्रेलियाका ४७, बंगलादेशका पाँच, इंग्ल्याण्डका पाँच, न्यूजील्याण्डका २४, दक्षिण अफ्रिकाका ३३, श्रीलंकाका २३, वेष्ट इन्डिजका ३४, नामीबियाका तीन तथा नेपाल, जिम्बाबे, अमेरिकाका र स्कटल्याण्डका एक/एक जना अक्सनमा सहभागी हुनेछन्।

अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो। अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) रहेको छ। सन्दीप एसोसिएट खेलाडीको क्याटागोरीमा समावेश छन्।

अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए। सन्दीपले दिल्लीबाट सुरुवाती दुई सिजनमा ९ खेल खेले पनि तेस्रो सिजनमा कुनै पनि खेलमा मौका पाउन सकेका थिएनन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0