अन्तर्राष्ट्रिय क्रिकेटमा डिभिलर्सको कमब्याक असंम्भव

क्रिकेट

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान एबी डिभिलियर्सको अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने बाटो बन्द भएको छ। दक्षिण अफ्रिकाले बोर्डले आ मंगलबार डिभिलियर्सको सन्याष अन्तिम भएको भन्दै अब उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्न नसकने बताएको छ ।

एबी डिभिलियर्स गत महिना इण्डियन प्रिमियर लिगमा शानदार ब्याटिङ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनको संकेत दिएका थिए । तर अब बोर्डले उनको कमब्याकमा पूर्ण बिराम लगाईदिएको छ ।

क्रिकेटको इतिहासमा सबैभन्दा विस्फोटक ब्याट्सम्यान मध्येका मिस्टर ३६० भने चिनिने एबी डिभिलियर्सको कमब्याक नहुने आईसिसीले समेत पुष्टी गरेको छ । डिभिलियर्सको अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनको सबै अनुमान अब सकिएको पनि आईसिसीले बताएको छ । अब उनी कहिल्यै दक्षिण अफ्रिकाका लागि खेल्ने छैनन् ।

डिभिलियर्सले २०१७ मा अस्ट्रेलियाविरुद्ध भएको टेस्ट सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अहिले उनी संसारका अलग अलग देशमा भइरहेका टि–२० लिगमा मात्र खेलिरहेका छन् । डिभिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेष्ट, २ सय २८ वानडे र ७८ वानडे खेलेका छन्।

दक्षिण अफ्रिका अब इङल्याण्डविरुद्ध घरेलु मैदानमा ३ टि–२० खेलको सिरिज खेल्दैछ । त्यसपछि १२ फेब्रुअरीदेखि २६ फेब्रुअरीको बीचमा उसले अस्ट्रेलियासँग ३ टि–२० को सिरिज खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged