युएईले गर्‍यो नेपाली बलरको चुटाई ! नेपाललाई १ सय ९३ रनको विशाल लक्ष्य

क्रिकेट

काठमाडौं । चार देशीय शृङ्खालाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) ले नेपालसामु १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो ।

यूएईका लागि चिराग सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले यस क्रममा उनले ५ चौका र ५ छक्का हिर्काए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

पछिल्लो तीन खेलको आँकडा हेर्दा युएईविरूद्ध नेपाल हाबी देखिन्छ। तीन खेलमध्ये नेपालले दुई खेल जितेको छ। यी दुई टिमले अन्तिमपटक एकअर्काविरद्ध सन् २०१९ फेब्रुअरी ३ मा खेलेका थिए। सो खेलमा नेपाल १४ रनले विजयी भएको थियो। युएईपछि नेपालले यो सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डविरूद्ध खेल्नेछ। त्यसपछि नेपालले १८ फेब्रुअरीबाट आईसीसी विश्वकप ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछ।

नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, लोकेश बम, विवेक यादव, जितेन्द्र मुखिया, कमलसिंह ऐरी र साहब आलम

युएईको प्लेइङ ११ : मोहम्मद वासिम, चिराग सुरी, वृत्य अरविन्द (विकेटकिपर), मुहम्मद उस्मान, रोहन मुस्तफा, कासिफ दाउद, अहमद राजा (कप्तान), जुनैद सिद्दिक, जवार फरिद, बासिल हमिद र मोहम्मद बुटा (विकेटकिपर)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0