मैदानमा ढलेका मनिष ढाँगीको अवस्था कस्तो छ ?

फुटबल

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी गम्भीर घाइते भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलका क्रममा मनीष च्यासल युथ क्लबका केच यानिकसँग टाउको ठोक्किएर घाइते भएका हुन् ।

६५ औँ मिनेटमा हेडिङ गर्ने क्रममा मनीष र केचको टाउको ठोक्किएको थियो । यानिकसँग ठोक्किएपछि उनी भुइँमा ललेर अचेत भएका थिए । तत्कालै रेफ्री श्याम दनुवार एम्बुलेन्स बोलाएका थिए । मैदानमा उनलाई सीपीआर दिएर प्राथमिक उपचार गरिएको थियो । त्यसपछि मैदानबाट एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ ।

डाँगीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अस्पतालले मनीष अहिले खतरामुक्त भएको र उनको अवस्था स्थिर रहेको जनाएको छ । ब्लु क्रस अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘अहिले मनीषको अवस्था अहिले स्थिर रहेको छ । उनको थप उपचार जारी छ । उनको अवस्था खतरामुक्त छ ।’’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
3
+1
8
+1
2