रहिम स्ट्रलिङको ह्याट्रिकमा नर्विचमाथि म्यानचेस्टर सिटीको सहज जित

फुटबल

काठमाडौं । रहिम स्टर्लिङको ह्याट्रिकको मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ । नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याट्रिक गर्दा फिल फोडेनले एक गोल गरे ।

जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ । तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0