मनिष डाँगी बोहोस हुदाँ एन्फाले चरम लापरवाही गरेको गणेश थापाको आरोप

फुटबल

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले ए डिभिजन लिगमा एन्फाको चरम लापरबाही देखिएको बताएका छन् । खेलमैदानमा डाक्टरसमेत नहुने स्थिति लज्जास्पद भएको उनको भनाइ छ ।

मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी दशरथ रंगशालामा मछिन्द्र र च्यासल युथ क्लबको खेलमा शनिबार एकाएक बेहोस भएर मैदानमा ढलेका थिए। ‘दुवै टिमका खेलाडीहरु अत्यन्त आत्तिदै डक्टर डक्टर भनेर कराइ रहेको र केही खेलाडीहरु रोएको हृदयविदारक दृश्य पनि देखिन्थ्यो’, शनिबार भएको घटनाबारे उनले भनेका छन्, ‘दुर्भाग्यका साथ भन्नु पर्दछ, त्यसबेलामा खेलमैदानमा डाक्टरको उपस्थिति थिएन।’

यस्तो गम्भीर अवस्थामा‌ करिब ९ मिनेट बेहोस भएका मनिष डाँगीलाई सकुसल उद्धार गर्न सफल भएकामच्छिन्द्र क्लबका फिजियोथेरापिस्ट सुरज भुषाल तथा बिदेसी खेलाडीहरु यानिक र आन्द्रेस लगायत सबैप्रति उनले धन्यवाद दिएका छन् । एन्फाको यस्तो गम्भीर लापरवाहीप्रति सबै पक्ष गम्भीर बन्नुपर्ने उनको धारणा छ । शनिबारको खेलमा मैदानमा ढलेका मनिषको हाल अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0