जित्न बिर्सिएको बार्सिलोनाको अर्को बराबरी, तनावपूर्ण खेलमा तीन खेलाडीलाई रातो कार्ड

फुटबल

काठमाडौं: इन्ज्युरी समयमा सब्सिच्युट फरवार्ड लुक डि जोङले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ। ‘क्याटलान डर्वी’ मा बार्सिलोनाले स्पान्योलसँग २–२ गोलको बराबरी खेलेको हो। तनावपूर्ण बनेको खेलमा घरेलु टोली स्पान्योल ९ तथा बार्सिलोना १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो। आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका सेर्गी डार्डेर र राहुल डि थोमसले गोल गरे। बार्सिलोनाका लुक डि जोङसँगै पेड्रीले गोल गरे।

खेलको दोस्रो मिनेटमा नै पेड्रीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए। ४०औं मिनेटमा सेर्डी डार्डेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ५६औं मिनेटमा पाब्लो गाभीले गोल गरेपनि मान्यता पाएन। ६४औं मिनेटमा राहुल डि थोमसले सेर्गीको पासमा गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले पछि परेको थियो।

खेलको अन्त्यतिर तनावपूर्ण स्थिति सिर्जना हुँदा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विवादमा उत्रिएका बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगा । ८८औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका लुकले एडमा ट्राओेरेको पासमा गोल गरेका थिए। बार्सिलोना २३ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। समान ३९ अंक नै रहेपनि एट्लेटिको म्याड्रिड गोल अन्तरमा पछि छ। पराजित स्पान्योल २४ खेलबाट २८ अंक जोडेर १३औं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0