भारतीय मूलका तनवीर साँगा अष्ट्रेलियन टिममा छनौट, को हुन तनवीर ?

क्रिकेट

काठमाडौं । अष्ट्रेलियाले वेष्ट इण्डिज बिरूद्ध पाँच टी -20 खेलको लागि आफ्नो टीम घोषणा गरेको छ। श्रृंखला फेब्रुअरी २२ देखि शुरू हुनेछ। टोलीमा भारतिय मुलका १९ बर्षे तनवीर साँगा पनि समावेश छन् । अष्ट्रेलियाको घरेलु क्रिकेटमा शानदार प्रदर्शनपछि तनवीर अष्ट्रेलिन टिममा पर्न सफल भएका हुन् । तनवीरभन्दा पहिले भारतीय मूलका गुरिंदर संधु २०१५ मा अष्ट्रेलियाका लागि खेलेका थिए। त्यस्तै भारतमा जन्मिएका स्टुअर्ट क्लार्क र ब्रेन्स्ल्बी कूपरले पनि अष्ट्रलियाको लागि खेलिसकेका छन् ।

अष्ट्रेलियन टिममा छनौट भएपछि साँगा भने, ‘मैले यो आशा गरेको थिईन। मलाई जर्ज बेलीले कल गरेर टिममा छनोट भएको जानकारी दिएका थिए । चयनकर्ताहरू बिग ब्यासमा मेरो प्रदर्शनबाट धेरै प्रभावित थिए। टिममा छनोट भएपछि मेरा बाबुआमा धेरै खुसी र उत्साहित छन्।” साथै अहिले आफुन बिग ब्यास लिगको लागि तयारी गरिरहेको समेत बताए ।

बुबा ट्याक्सी चालक

तनवीर साँगाका बुबा जोगा सांगा सिड्नीमा ट्याक्सी चालकको रुपमा काम गर्छन् । उनि १९९७ मा अष्ट्रेलिया आएका थिए। उनी पंजाबको जालन्धर नजिकैको गाउँ रहिमपुरका हुन्। जोगा सांगा सिड्नीको दक्षिणपश्चिमको बाहिरी इलाकामा बस्छन् । तनवीर साँगा एक स्पिन बलर हुन् हो। क्रिकेट अष्ट्रेलियाको आधिकारिक वेबसाइटका अनुसार, तनवीर साँगाले फास्ट बलरको रूपमा आफ्नो करियरको शुरूआत गरेका थिए। पछि उनले लेग स्पिन गर्न थालेक थिए ।

तनवीर साँगाले २०२० मा अष्ट्रेलियाको अण्डर १९ टिमबाट यु-१९ विश्व कपमा खेलेका थिए । बिश्वकपमा उनले ६ खेलमा १५ विकेट समेत लिएका थिए । प्रतियोगितामा शानदार प्रदर्शन पछि उनको चर्चा सुरु भएको थियो ।

तनवीरको बाल्यकाल एक धेरै साधारण तरीकामा बित्यो, उनको बुबाले उनलाई क्रिकेटर बनाउन कडा मेहनत गरेका थिए । तनवीरले आफ्नो बलिङबाट अष्ट्रेलियाको घरेलु क्रिकेटमा छुट्टै पहिचान बनाएको छन् । आशा गरिएको छ कि उनले अष्ट्रेलयाको राष्ट्रिय टिमबाट पनि राम्रो प्रदर्शन गर्नेछन् ।

अस्ट्रेलियन क्रिकेट बोर्डले ७ जना स्टार खेलाडीलाई समावेश गर्दै वेष्ट इण्डिजविरुद्धको क्रिकेट सिरिजका लागि २३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । अष्ट्रेलियाले जुलाईमा वेष्टइण्डिजविरुद्ध ५ म्याचको ट्वान्टी–२० र ३ म्याचको सिरिज खेल्दैछ । क्याप्टेनमा भने आरोन फिन्चलाई निरन्तरता दिइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0