आईपिएल अक्सनमा लेग स्पिनरलाई किन हेपियो ?

आईपिएल क्रिकेट

काठमाडौं । दुई दिनसम्म चलेका मेगा अक्सनमा यो पटक आईपीएल टिमले विदेशी स्पिनरमा कुनै चासो दिएनन्। विदेशी ब्याट्सम्यान, अलराउन्डर र फास्ट बलरमा मोटो रकम खर्चिएका टिमले विदेशी स्पिनरमा रकम खर्चिएनन्।

अक्सनमा रहेकामध्ये टि२० क्रिकेटका नम्बर २ बलर दक्षिण अफ्रिकाका ताब्रिज साम्सी, अस्ट्रेलियाका एडम जम्पा, इंग्ल्यान्डका अदिल रसिद, अफगानिस्तानका मुजिब उर रहमान माथि कुनै बोली लागेन । यस्तै न्युजिल्यान्ड इश सोधीममाथि कसैले चासो दिएनन्।

त्यही सूचीमा रहे नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने। लागतार तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीप लागातार दोस्रो सिजन अनसोल्ड भएका हुन्। उनले आफ्नो बेस प्राइस ४० लाख भारतीय रुपैयाँ राखेका थिए।

यता, टि२० क्रिकेटका नम्बर एक श्रीलंकन स्पिनर वानिन्दु हसरंगा भने महँगो मूल्यमा बिक्री भए। उनलाई बैंग्लोरले १० करोड ७५ लाखमा किन्यो। यस्तै, अक्सनमा सोल्ड हुने अर्का विदेशी स्पिनर हुन न्युजिल्यान्डका मिचेल सान्टनर। उनलाई चेन्नईले १ करोड ९० लाखमा किन्यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0