हृदयाघात भएको ८ महिनापछि मैदान फर्किए एरिक्सन

फुटबल

काठमाडौं । हृदयाघात भएको करिब आठ महिनापछि इंग्लिस क्लब ब्रेन्टफोर्डका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदान फर्किएका छन् । उनले गएराति सम्पन्न साउथेन्ड युनाइटेड–११ विरुद्धको मैत्रीपूर्ण खेल खेलेका हुन् ।

इटालियन क्लब इन्टर मिलानबाट ३० वर्षीय एरिक्सन गत महिना ब्रेन्टफोर्टमा आवद्ध भएका थिए । ब्रेन्टफोर्डले ३–२ को रोमाञ्चक जित हात पारेको खेलमा एरिक्सनले एक घण्टा मैदानमा बिलाउँदा एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।

डेनमार्कका लागि युरो कपअन्तर्गत फिनल्यान्डविरुद्ध खेल्ने क्रममा एरिक्सन १२ जुन २०२१ मा मैदानमै अचेत भएर ढलेका थिए । उनलाई अस्पताल लैजानुअघि सिपीआर दिइएको थियो ।

एरिक्सनलाई पछि इम्पलान्टेवल कार्डियोभर्टर डिफिब्रिलाटर (आइआरडी) जडान गरिएको थियो । इटालीको सिरी ‘ए’ मा आइआरडी लगाएका खेलाडीले खेल्न नपाउने प्रावधान छ । सोहीअनुसार इन्टर मिलान र एरिक्सनले आपसी समझादारीमा सम्झौता तोडेका थिए । इंग्लिस प्रिमियर लिगमा भने यो प्रावधान छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1