मैदानमा ढलेका मनिष डाँगी आज अस्पतालबाट डिस्चार्ज हुने, कहिले मैदानमा फर्केलान् त ?

फुटबल

काठमाडौं । ए डिभिजन लिगको १०औं चरणमा च्यासल युथ क्लबविरुद्धको खेलमा घाइते भएका मछिन्द्र क्लबका स्ट्राइकर मनिष डाँगी आज डिस्चार्ज हुने भएका छन् । मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालले दिएको जानकारी अनुसार ब्लु क्रस अस्पतालमा उपचाररत मनिष आज डिस्चार्ज हुनेछन् ।

टाउकोमा चोट लागेका कारण उनले ए डिभिजन लिगका बाँकी तीन खेल गुमाउने सम्भावना उच्च रहेको कटुवालले बताए । तर उनको स्वास्थ्य अवस्था भने समान्य रहेको छ । शनिबार दशरथ रंगाशालामा भएको खेलको ६६औं मिनेटमा मनिष विपक्षी खेलाडी यानिक केइचासँग ठोक्किएर मैदानमा लडेका थिए । टाउकोमा चोट लागेका उनी करिब चार मिनेट मैदानमै बेहोस भएका थिए ।

मनिष मैदानमा लडेलगत्तै खेलाडीहरुमा रुवाबासी नै चलेको थियो । झन्डै सात मिनेटको प्राथमिक उपचारपछि उनलाई नजिकै रहेको ब्लु क्रस हस्पिटल लगिएको थियो । त्यसपछि खेल सुचारु भएको थियो । मनिष दोस्रो हाफमा मैदान छिरेका थिए । ६१ औँ मिनेटमा सुनिल बलको स्थानमा उनलाई मैदान छिराएको थियो । तालिकाको शीर्षस्थानमा रहेको मच्छिन्द्रले उक्त खेल २–० गोलले जितेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged