‘ए’ डिभिजन लिग : ६ गोल भएको खेलमा फ्रेन्ड्स र जावलाखेलको बराबरी

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको फ्रेन्डस् र जावलाखेलबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । बराबरीसँगै भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३–० को अग्रता बनाएको जावलाखेल अंक बाँड्न बाध्य भएको हो ।

जावलाखेल ११ खेलबाट १० अंकका ११ औँ स्थानमा रहेको छ । यता, फ्रेन्ड्स भने सात अंकसहित १३ औँ स्थानमा झरेको छ । जावलाखेलको जितमा लोइक एमजीमी कोउआहिमले दुई गोल गर्दा रुपबहादुर लामाले एक गोल गरे । फ्रेन्ड्सका कप्तान नाथनियल जड गार्सियाले एक गोल गर्दा जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे ।

यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र च्यासल युथ क्लबबीचको खेल पनि बिनागोल बराबरीमा सकियो । जारी लिगमा १० खेलबाट २६ अंकसहित मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ । लिगका पुछारका दुई क्लब भने दोस्रो डिभिजनमा घटुवा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0