फुटबलर मनिष डाँगी डिस्चार्ज

फुटबल

काठमाडौं । फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गएकाे शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् । त्याे खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो ।

खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ । मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले भन्न नसकिने क्लबले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
2
+1
0
+1
0