मनिष डाँगी ढल्दा लापरवाहीको आरोप लागेपछि बोल्यो एन्फा : ‘खेलाडीको स्वास्थ्यमा संवेदनशील छौँ’

फुटबल

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आबद्ध खेलाडीको स्वास्थ्यको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सधैँ संवेदनशील रहेको बताएको छ । मंगलबार एन्फाले पत्रकार सम्मेलन गरेर स्ट्राइकर मनिष डाँगी खेल दौरानमा विपक्षी खेलाडीसँग ठोकिएर घाइते भएसँगै सञ्चार माध्यममा आएका टिका टिप्पणीको खण्डन गर्दै एन्फाले लिगमा आबद्ध खेलाडीको विषयमा सधैँ संवेदनशील भएको बताएको हो ।

राष्ट्रिय टोलीका सदस्य र मच्छिन्द्र क्लबका स्ट्राइकर मनिषको स्वास्थ्य अवस्थाको जानकारी समेत गराएको पत्रकार सम्मेलनमा एन्फाले सो विषयलाई स्पष्ट पारेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग सञ्चालनका लागि फिफाले तोकेका आवश्यक पूर्वाधार पूरा गरेर लिग चलाइरहेको बताएका हुन् ।

मनिष डाँगी मैदान चोटग्रस्त भएपछि उब्जिएका प्रश्नमा एन्फाको मेडिकल टोलीले स्पष्टीकरण दिएको छ । एन्फाकी मेडिकल टोली सदस्य डा. नवीना वैद्य श्रेष्ठले मनिष डाँगीको घटना र घटनापछि मैदानमा अपनाइएको उपचार क्रमलाई पत्रकार सम्मेलनमा बताएकी हुन् । नवीनाका अनुसार डाँगीमा कुनै स्वास्थ्य समस्या नभएको र एससीएटी–५ पछि मैदान फर्किने समय तोकिने बताइन् । सोही घटना क्रममा मैदानमा डाक्टर उपलब्ध नभएको विषयमा महासचिव तुलाधरले डाक्टरको सम्झौता गरेको इसारासँग स्पष्टीकरणका लागि पत्राचार गरेको समेत बताए ।

यस्तै महासचिव तुलाधरले एन्फाको मेडिकल टिमका सबैले फिफा र एएफसीको कोर्ष गरिसकेको समेत बताए । यस्तै घाइते भएका मनिष मंगलबारै अस्पतालबाट डिस्चार्ज भएको एन्फाको मेडिकल टोली जानकारी दियो । दुई साताको आराम र एससीएटी–५ को परीक्षण पछि मात्र मैदान फर्किने निधो हुने विषयमा जानकारी दिने एन्फाले बतायो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0