इन्डियन सुपर लिग खेल्न भोलि भारत जाँदै डिफेण्डर अनन्त तामाङ

फुटबल

काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल) खेल्न नेपाली फुटबल खेलाडी अनन्त तामाङ बुधबार भारत जाने भएका छन् । राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर अनन्त गत साता मात्रै इस्ट बंगाल क्लबमा अनुबन्धित भएका थिए ।

ए डिभिजन लिग क्लब थ्रीस्टारको उपकप्तान समेत रहेका अनन्तलाई मंगलबार क्लबले विदा गरेको थियो । थ्रीस्टार क्लबका पदाधिकारीले मंगलबार एक कार्यक्रमकाबीच सफलताको शुभकामनासहित तामाङलाई विदाइ गरे । उनी बुधबार दिउँसो १ बजे गोवा हुँदै दिल्ली पुग्ने तालिका रहेको छ ।

यदि उनले आईएसएल खेल्न पाएमा आइएसएल खेल्ने पहिलो नेपाली खेलाडीसमेत हुनेछन् । आईएसएलमा जानका लागि थ्री स्टारले अनन्तलाई फुकुवा गरिदिएको हो । अनन्त फ्री ट्रान्सफरमा इस्ट बंगालमा अनुबन्ध भएका हुन् । १६ खेलबाट १० अंक मात्र रहेको इस्ट बंगाल दशौं स्थानमा छ । इस्ट बंगालले अब चार खेल मात्र खेल्न बाँकी छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0