टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा, को–को परे ?

क्रिकेट

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो ।

टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।

टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन् । टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन् । फागुन ६ गते ओमान, ७ गते फिलिपिन्स र ९ गते क्यानडासँग खेल्ने छ ।

नेपालको खेल

नेपाल भर्सेस ओमान – ओमान एकेडेमी १- फागुन ६
नेपाल भर्सेस फिलिपिन्स – ओमान एकेडेमी २- फागुन ७

नेपाल भर्सेस क्यानडा – ओमान एकेडेमी १ – फागुन ९
सेमिफाइनल १ र २ – ओमान एकेडेमी २-१ – फागुन १०
फाइनल – ओमान एकेडेमी १ – फागुन १२

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0