एमबाप्पेको गोलमा पिएसजीले रियल मड्रिडलाई हरायो, मेसिले पेनाल्टीमा पनि गोल गर्न सकेनन्

फुटबल

काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ। पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले पराजित गरेको हो। इन्ज्युरी समयको अन्तिमतिर केलियन एमबाप्पेले गोल गर्दै पिएसजीलाई जित दिलाएका हुन्। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पिएसजीले पाहुना टोली रियललाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो।

खेलको ६२औं मिनेटमा मेस्सी पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता लिन सकेन। ड्यानी कार्भाजलले पेनाल्टी बक्समा एमबाप्पेलाई फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थियो। मेस्सीको पेनाल्टीलाई किपर कोर्टुवाले बचाउँदै रियलको खतरा टारे। एमबाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल पासलाई सदुपयोग गरेका थिए।

चोटका कारण नोभेम्वर यता पहिलोपटक मैदान छिरेका नेयमारले पुनरागमन खेलमै असिस्ट दिन सफल भए। नेयमार ७२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका थिए । खेलभर नै दवाव झेलेको रियलले कुनै पनि समय पोस्टमा गतिलो आक्रमण बुन्न सकेन। दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1