स्पोर्टिंग सिपिमाथि सानदार जितसँगै म्यानचेस्टर सिटी क्वाटरफाइनल नजिक

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले मंगलबार राति च्याम्पियन्स लिगको अन्तिम–१६ मा स्पोर्टिङ सीपीमाथि ५–० को विजय हासिल गरेको छ । पोर्चुगलको क्लब स्पोर्टिङ सीपीमाथि भ्रमणकारी सिटीले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो ।

सिटीले रियाद महारेजको गोलबाट सातौँ मिनेटमा अग्रता लिएको थियो । बर्नान्डो सिल्भाले १७औँ मिनेटमा सिटीको अग्रता दोब्बर बनाए । ३२औँ मिनेटमा फिल फोडानले तेस्रो गोल थपे । ४४औँ मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल थपे । ५८औँ मिनेटमा रहिम स्टर्लिङले पाँचौँ गोल थपे ।

त्यसअघि ५०औँ मिनेटमा बर्नान्डो सिल्भाले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो । सिटीको प्रदर्शनले च्याम्पियन्स लिगको उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । सिटीका प्रशिक्षक ग्वार्डिओला भन्छन्, ‘‘खेलाडीले मलाई चिनेका छन् । र, उनीहरूलाई थाहा छ हामी किन मिहिनेत गरेका छौँ । उनीहरूले अझ राम्रो गर्न सक्छन् । म एकदम धेरै खुसी छु । मलाई नराम्रो नसम्झनु, तर हामीले अझै राम्रो नतिजा निकाल्न सक्थ्यौँ ।’’

स्पोर्टिङले सन् २००८/०९ यता यस्तो हार बेहोरेको थिएन । त्यति बेला स्पोर्टिङ बायर्न म्युनिखसँग समग्रमा १२–१ को नतिजामा हारेको थियो । घरेलु मैदानमा ५–० ले हारेको स्पोर्टिङ अवे खेलमा ७–१ ले पराजित भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0