६ मिनेटमै रोकिएको ब्राजिल र अर्जेन्टिनाको खेल पुनः खेलाइने

फुटबल

काठमाडौं । गत सेप्टेम्बरमा रोकिएको ब्राजिल र अर्जेन्टिना बीचको विश्वकप फुटबल छनोटको खेल पुनः खेलाइने भएको छ । ब्राजिलमा भएको उक्त खेल ६ मिनेटमै रोकिएको थियो । इंग्लिस प्रिमियर लिग खेल्ने चारजना खेलाडीले कोरोना नियम उल्लंघन गरेको आरोप लगाउँदै ब्राजिलको स्वास्थ्यमन्त्रीका अधिकारीहरूले खेल बीचमै रोकेका थिए ।

सो बेला कोरोना नियम पालना नगरेका चार अर्जेन्टिनी खेलाडी भने ब्राजिलविरुद्ध उत्रन नपाउने भएका छन् । जसमा नम्बर एक गोलकिपर इमिलियानो मार्टिनेज, जिओभानी लो सेल्सो, क्रिस्टियन रोमेरो र इमिलिएनो बुइन्डिया छन् ।

विश्व फुटबल महासंघ (फिफा)ले ब्राजिल र अर्जेन्टिनाबीचको खेल दक्षिण अमेरिकाभन्दा बाहिर तठस्थ मैदानमा हुने निश्चित गरेकोे छ । तर, स्थान र मिति भने नतोकिएको अर्जेन्टिनी फुटबलको वेबसाइट मुण्डो अल्बिसेलेस्टेले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
10
+1
0
+1
2
+1
0