लेस्टरसँग चेल्सीको बदला, म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो

फुटबल

काठमाडौं, जेठ ५। इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलअन्तरले पराजित गरी चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । तीन दिनअघि एफए कपको फाइनलमा लेस्टरसँग १–० गोलले हारेको चेल्सीले त्यसको बदला लिँदै लेस्टरलाई २–१ गोलले पराजित गरेको हो । जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ ।

चेल्सीको जीतमा एन्टोनियो रुडिगर र जोर्गिन्होले १-१ गोल गरेका थिए भने लेस्टरका केलेची एहिनाचोले सान्त्वना गोल फर्काए । सबै गोल दोस्रो हाफमा भएका थिए । लेस्टरका लागि केलेजी इहानाचोले ७८ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।

जीतपछि ३७ खेलबाट ६७ अंक भएको चेल्सी तेस्रो स्थानमा उक्लिएको छ भने ६६ अंक भएको लेस्टर चौथो स्थानमा झरेको छ । दुई खेल कम खेलेको लिभरपुल ६३ अंकसहित पाँचौं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको छ । खेलको १५ औँ मिनेटमा एडिन्सन काभानीले युनाइटेडलाई अग्रता दिलाएका थिए ।

४० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए पनि खेलको ७६ औँ मिनेटमा जो ब्रायनले बराबरी गोल फर्काएका थिए ।यता सिजनको प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटी भने पराजित भएको छ। सिटीलाई ब्राइटनले ३-२ गोलले पराजित गर्‍यो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *