सालाह र फिर्मिनोको गोलमा लिभरपुल विजयी, इन्टर मिलान २–० ले पराजित

फुटबल

काठमाडौं : लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर प्रि–क्वाटरफाइनलको पहिलो लेगमा महत्वपूर्ण जित निकालेको छ । मोहम्मद सलाह र रोबर्टो फिर्मिनोको गोलमा लिभरपुलले घरेलु टोली इन्टर मिलानलाई २–० ले हराएको हो।

मिलानोमा बुधबार राति पहिलो हाफ गोलरहित बराबबरीमा सकिए पनि दोस्रो हाफमा २ गोल गर्दै लिभरपुलले सहज जित निकाल्यो। खेलको ७३ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए। ८२ औं मिनेटमा सलाहले गोल थप्दै लिभरपुलको जित पक्का गरे।

यो महत्वपूर्ण अवे जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब घरेलु मैदानमा ८ मार्चमा हुने खेलमा लिभरपुलले यही नतिजा कायम राख्न सके च्याम्यिन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0