अजरवैजानी खेलाडी नुर्लान भन्छन् : ‘पहिलो पटकमै नेपालको लिग जित्न पाउँदा खुसि छुँ’

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । हिजो बुधवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्रले दुई खेलअघि नै लिगको उपाधि जितेको हो । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई एक–शून्य गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् ।

अघिल्लो संस्करणको ‘ए’ डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो । लिग विजेता मच्छिन्द्रको २९ अंक भएको छ । पराजित भएको सातदोबाटोको १० खेलमा १५ अङ्क रहेको छ ।

पहिलो पटक नेपालमा ए डिभिजन लिग खेलिरहेका नुर्लान लिग च्याम्पियन बन्न पाउँदा खुशी व्यक्त गरे । ‘म एकदमै खुशी छु । हामी च्याम्पियन बन्दै ट्रफी जित्न सफल भयौं । मैले नेपालमा पहिलो पटक ए डिभिजन लिग खेलेको हो । च्याम्पियन बन्दा सुपर ह्याप्पी छु’ नुर्लानले अनलाइन कुराकानीमा भने, ‘हामीले टिमको रुपमा राम्रो र रमाइलो समय बितायौं । मेरो विचारमा हामीले मछिन्द्र एफसी परिवारको रुपमा राम्रो गर्यौं भन्ने लाग्छ ।’

नुर्लानले गोल गरेपछि अघिल्लो खेलमा घाइते भएका मनिष डाँगीले लगाउने २१ नम्बरको जर्सी ‘सो’ गरेको थियो । खेल जितेर च्याम्पियन बनेपछि उनै मनिष मैदानमा पुगेर मछिन्द्र टिमसँग सामुखिक फोटो खिचाउन उपस्थित थिए । मछिन्द्रले उपाधि नै मिषलाई समर्पण गर्‍यो ।

मनिष ठीक भएर बउनु खुशीको कुरा रहेको नुर्लानले बताए । नुर्लानले घाइते भएर अस्पताल भर्ना भएका टिममेट मनिष ठीक भएर मैदानमा खेल हेर्न फर्कंदा खुशी लागेको बताए । ‘मनिष स्वस्थ छ, म उसलाई देखेर धेरै खुसी छु’ नुर्लानले भने, ‘उनी मेरो आँखा अगाडि नै चोटग्रस्त बने । म भावुक मान्छे छु आँखाबाट आँसु आइहाल्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
5
+1
1
+1
0
+1
1
+1
1