‘एसेज सिरिज’को खेलतालिका सार्वजनिक, टेस्ट डिसेम्बर ८ देखि सुरु

क्रिकेट

एजेन्सी। अस्ट्रेलिया र इङ्ल्यान्डबीच सन् २०२१–२२ को ‘एसेज सिरिज’ को मिति तय भएको छ । ६ सातासम्म चल्ने पाँच खेलको टेष्ट शृंखला २०२१ को ८ डिसेम्बरबाट हुनेछ।

सिरिज अन्तर्गतको पहिलो टेस्ट डिसेम्बर ८ देखि १२ सम्म ब्रिसबेनमा हुनेछ । दोस्रो दिवा–रात्रि टेष्ट एडलेइडमा १६ डिसेम्बरबाट हुनेछ। तेस्रो टेष्ट बक्सिङ डेका दि मेलबर्नमा हुनेछ।

चौथो टेष्ट सिड्नीमा ५ जनवरीबाट हुनेछ। अन्तिम टेष्ट १४ जनवरीबाट पर्थमा हुनेछ। अष्ट्रेलिया भ्रमणको क्रममा इङ्ग्ल्याण्डले तीन वटा टी–२० र तीन वटा एकदिवसीय खेल पनि खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0